देश विकासका मुख्य बाघक राज्यको प्रमुख शत्रुको रुपमा देखापरेको भ्रष्ट्राचार, कालोबजारी, घुसखोरी, बजारमा कृतिम अभाव, अनियन्त्रित तथा असन्तुलित महँगीको डरलाग्दो अवस्थाले गर्दा देशको वहुसँख्यक जनताको जनजीवन अस्तव्यस्त बन्दै गैरहको छ । यसको प्रत्यक्ष असर देशको आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, धार्मिक, शैक्षिक मानविय न्यायिक व्यवस्थापन लगायत राज्यका प्रमुख अंङ्ग व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका तथा संचार क्षेत्र लगायतमा असर प¥यो । यी अंङ्गले सहि काम गर्न सकेनन् । जसको परिणाम स्वरूप देश विकास, परिवर्तन र विकासको ढोका बन्द अवस्थामा छ । देशमा नीतिगत, नियोजित, निर्देशनात्मक, आर्थिक, नैतिक तथा सामाजिक भ्रष्टाचारले सीमा नाघेकोले २०७२ साल फाल्गुन ६ गते शनिवार ७५ जनाको भेलामा छलफल गरी भ्रष्टाचार बिरुद्ध नेपाल ल्भउब िब्नबष्लकत ऋयचचगउतष्यल नामक सस्था गठन गर्ने सर्वसम्मत निर्णय गरियो ।
सो भेलाले ई. श्री राम कुमार ठाकूरको संयोजकत्वमा तदर्थ कार्य समिति गठन गर्ने निर्णय भयो । सस्थालाई मूर्तरुप दिनका लागि २०७२ फाल्गुण ६ गते देखि २०७३ वैशाख १८ गते सम्म विभिन्न पक्षको छलफलद्वारा मिति २०७३ जेष्ठ २ गते आईतवारका दिन भ्रष्टाचार विरुद्ध नेपाल नामक ल्भउभ िब्नबष्लकत ऋयचचगउतष्यल नामक संस्था, संघ संस्था ऐनको अधिकार प्रयोग गरी संस्था दर्ता गर्न निम्न सदस्य रहेको तदर्थ कार्य समिति गठन गर्ने काम भयो । सो समितिले संस्थाको विधान तयार गरी जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ताका लागि पेश गर्ने निर्णय भयो ।

भ्रष्टाचार बिरुद्ध नेपालको तदर्थ कार्य समिति निम्न अनुसार छ
१. अध्यक्ष श्री राम कुमार ठाकुर
२. उपाध्यक्ष श्री राजन चौलागाई
३. महासचिव श्री गिता अधिकारी
४. कोषाध्यक्ष श्री भक्तवहादुर थोकर
५. सदस्य श्री गंगा प्रसाद शर्मा
६. सदस्य श्री मोहन सुव्वा लिम्बु
७. सदस्य श्री समिक्षा लिम्बु
भ्रष्टाचार विरुद्ध नेपालको तदर्थ कार्यसमितिले विधानतयार गरी पेश गरेको विधान जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मिति २०७३÷२÷२८ मा दर्ता नं. ८०९, समाज कल्याण परिषद आवद्धता नं. ४३६४५, मिनि २०७३।९।७, काठमाडौं महानगरपालिका वडा नं. ३१, दर्ता नं ७१८, मिति २०७३।२।९ संस्थाको स्थायी लेखा नं. ६०४७७३२७८ रहेको छ । सो संस्था वैधानिक हो भने प्रचलित कानून बमोजिम दर्ता नविकरण अद्यावधिक छ ।
विधान बमोजिम संस्थाको नेतृत्व परिवर्तन, २।२ वर्ष हुने प्रावधान बमोजिम २०८० आश्वीन १८ मा बसेको साधारण सभाले निम्न अनुसार कार्य समिति निर्वाचन गरेको छ ः–
१ अध्यक्ष श्री राजन चौलागाई
२. उपाध्यक्ष श्री भक्त वहादुर के.सी.
३. महासचिव श्री गंगा प्रसाद शर्मा
४. कोषाध्यक्ष श्री पुष्पा खरेल
५. सदस्य श्री अरुण कुमार बस्नेत
६. सदस्य श्री कमला खनाल घिमिले
७. सदस्य श्री कमल बहादुर राउत
प्रश्तावना
विगत लामो समयदेखि नेपाली जनताको निरन्तर संघर्ष र योगदानको वावजुद हाल संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको छ । उक्त संविधानले नागरिक हक अधिकार, कर्तव्य तथा जिम्मेवारी बारेमा विभिन्न धारा उप–धारा, दफा तथा उप–दफामा उल्लेख गरेको भएता पनि समग्र देश विकास र दैनिक जनजिविका माथि प्रत्यक्ष प्रभाव पार्ने विषय “भ्रष्टाचार” सम्वन्धी विषयले स्थान पाएको देखिदैन । जसको फलस्वरुप देशमा विभिन्न खाले भ्रष्टाचार, घुसखोरी, कालोबजारी, बजारमा कृतिम अभाव जस्ता कार्यहरुले आम जनमानसमा त्रास र आतंक पैmलाई रहेको छ । तसर्थ यस्ता क्रियाकलापहरुलाई निरुत्साहित पार्दै आम नागरिक, प्रशासन, सरकार, राज्य साथै सम्पूर्ण सम्बन्धित पक्ष तथा निकायलाई सु–सूचित, सचेतना, सशक्तिकरण तथा खबरदारी गर्दै नागरिकको उन्नत जनजिविका र भ्रष्टाचारमुक्त समूह नेपाल निर्माणका लागि योगदान पु¥याउने उद्देश्यले एउटा गैर सरकारी संस्थाको आवश्यकता परेको हुनाले “भ्रष्टाचार विरुद्ध नेपाल” ल्भउब िब्नबष्लकत ऋयचचगउतष्यल नामक संस्थाको विधान संस्था दर्ता ऐन २०३४ को अधिनमा रही तयार गरी जिल्ला प्रशासन कार्यालय, काठमाडैंमा दर्ता गरिएको हो ।
संस्थाको कार्यालय रहने ठेगाना – यो संस्थाको केन्द्रिय कार्यालय का.म. न.पा. ३१ मा रहने छ । साथै आवश्यकता परेमा अन्य ठाउँमा राख्न सकिने छ ।
संस्थाको कार्यक्षेत्र
यो संस्थाको कार्यक्षेत्र काठमाडौं जिल्लामा रहने छ । साथै आवश्यकता अनुसार नेपाल अधिराज्यको सबै जिल्लाहरुमा बिस्तार गर्न सकिने छ ।
संस्थाको अस्तित्व
यो संस्या एक अविच्छिन्न उत्तराधिकारवाला संगठित स्वशासित मुनाफारहित गैर राजनीति तथा गैर सरकारी सामाजिक संस्था हो । संस्थाबाट आफ्नो उद्देश्य बाहेक अन्य आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गर्ने गरिने छैन ।
संस्थाको उद्देश्यहरु
- यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हो ।
- समुन्नत, जनजिविका र भष्टाचारमुक्त समुह नेपाल निर्माणको कार्यमा योगदान पु¥याउने ।
- देशमा बढ्दो भ्रष्टाचार, कालोबजारी, घुसखोरी, महंगी, बजार कृतिम अभाव जस्ता नैतिक तथा अव्यवहारिक क्रियाकलापलाई निरुत्साहित पार्ने कार्यमा सहयोग गर्ने ।
- भष्टाचार जनित कार्यहरुप्रति आमनागरिक विभिन्न पेशाकर्मी, व्यवसायी, वर्ग, क्षेत्र साथै राज्य सरकार र कर्मचारी प्रशासनलाई सचेतना, सूसुचित, सशक्तिकरण, दवाव तथा खबरदारी गर्ने ।
- भ्रष्टाचारजनित अनैतिक कार्यलाई नियन्त्रण तथा निर्मूल गर्ने उद्देश्यले विभिन्न कार्यक्रम जस्तै अन्तरकृया, सेमिनार, गोष्ठी, भेला, ¥याली, सभा सम्मेलन लगायत विभिन्न तालिम तथा प्रशिक्षणहरुको आयोजना गर्ने ।
- “घुस खान्नौं र खान दिन्नौं” भन्ने नारालाई आत्मसात गर्दै “भ्रष्टाचार विरुद्ध शुन्यसहनशिलता” कायम गर्न सम्बन्धित पक्षलाई सहयोग गर्ने ।
- भ्रष्टाचार जनित कार्यलाई रोक्ने उद्देश्य लिई स्थापना भएका विभिन्न व्यक्ति संघ संस्था लगायत सँग सहकार्य गर्दै अगाडि बढ्ने ।
- भ्रष्टाचार जनित कार्यलाई रोक्ने उद्देश्यले विभिन्न प्रचार प्रसार मुलक कार्यहरु गर्न आम संचार, विद्युतिय संचार माध्यमहरुमा प्रयोग गर्ने ।
संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरु
यस संस्थाको उद्देश्य प्रात गर्न प्रचलित कानूनका अधिनमा रहि सम्बन्धित निकायबाट अनुमति प्राप्त गरि देहायको काम गर्नेछन्
- संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बनिधत निकायबाट अनुमति वा ईजाजत प्राप्त गरी उपरोक्त उद्देश्य कार्यान्वयन गर्ने ।
- संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ र कम्प्यूटर, टेलिफोन, टाइपराईटर, प्mयाक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्नेछ वा भाडामा लिइ प्रयोग गर्नेछ ।
- संस्थालाई आवश्क पर्ने सेवकहरु नियुक्त गर्न तथा तिनको सेवाका शर्तहरु निर्धारण गर्नेछ ।
- तोकिएको स्थानमा कार्यालय तथा कार्यशालाको व्यवस्था गर्ने ।
- सम्बन्धित विभिन्न निकायसँग समन्वय गरी कार्य गर्न सक्नेछ ।
- उद्देश्य प्राप्तीको कार्यान्वयनका लागि नियम निर्देशिका निर्माण गर्नेछ ।
- संस्थामा प्राप्त रकम बैंकमा जम्मा गरी बैंक खाता सन्चालन गर्नेछ ।
संस्थाको सदस्यहरुको वर्गीकरण
संस्थामा ३ प्रकारका सदस्यहरुको वर्गिकरण गरिएको छ
साधारण सदस्य – विधानको दफा ७ बमोजिम देहायको योग्यता पुगेका कुनै पनि नेपाली नागरिक तोकिएको प्रकृया अन्तर्गत रही आवेदन गरेमा संस्थाको साधारण सदस्य हुनेछ । साधारण सदस्यता शुल्क ५१०।– र वार्षिक शुल्क ५००।– लाग्नेछ ।
(क) नेपाली नागरिक भएको
(ख) संस्थाको सिद्धान्तलाई आत्मसाथ गरेको
(ग) कुनै पनि फौज्दारी अपराधमा सजाए नपाएको ।
(घ) १६ वर्ष उमेर पूरा भएको ।
(ङ) मानसिक सन्तुलन नगुमाएको
(च) सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको
(छ) प्रचलित कानून बमोजिम योग्य ।
- संस्थाको संस्थापक सदस्य – यससंस्था दर्ता हुँदा बखतका पदाधिकारीहरु संस्थापक सदस्य हुनेछन् ।
आजीवन
सदस्य – संस्थाको विकासको
लागि विशेष सहयोग र योगदान पुयाउने
व्यक्तिहरुविधानको दफा ७ बमोजिम
योग्यता पुगेको व्यक्रिहरुलाई तोकिएको प्रकृया अन्तरगत रहि आजीवन सदस्यता
शुल्क रु. १०,०००।–
(दश हजार) लिई आजिबन सदस्यता
प्रदान गरिने छ । आजीवन
सदस्यले वार्षिक सदस्यता नविकरण गराउनु पर्ने छैन ।
मानार्थ सदस्य ः– कार्यसमितिद्वारा उपयुक्त ठहर गरेको विशिष्ट समाजसेवी तथा प्रतिष्ठित नेपाली नागरिकलाई संस्थाको मानार्थ सदस्यता प्रदान गर्न सकिनेछ । तर मानार्थ सदस्यहरुको मताधिकार रहने छैन ।
संस्थाको सदस्यता वहाल रहन नसक्ने अवस्था
(क) मगज विग्रेको वा वहुलाएको ।
(ख) सार्वजनिक सम्पत्ती हिनामिना गरेको ठहरेको
(ग) १६ वर्ष उमेर पुरा नगरेको ।
(घ) नैतिक पतन देखिने फौज्दारी र भ्रष्टाचारको अभियोगमा सजाए पाएको ।
(ड) सम्बन्धित संस्थाको व्यवसायमा नीजि स्वार्थ भएको ।
(च) साहुको दामासाहीमा परेको
(छ कुनै प्रकारको चोरी, ठगी, किर्ते वा जालसाजी गरेका वा आफनो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाए पाएको ।
(ज) नियम अनुसारको सदस्यता नविकरण नगरेको ।
सदस्यता प्रदान गर्ने विधि
संस्थाको विधानको दफा ६ बमोजिमको सदस्यहरुले (साधारण र आजिवन) देहाय बमोजिम तोकिएको आवेदन शुल्क दिई सदस्यता प्राप्त गर्न सक्ने छन् ः–
(क) साधारण सदस्यले तोकिएको प्रक्रिया पुर्याई आवेदन पेश गर्नेलाई कार्य समितिको निर्णयले सदस्यता प्रदान गर्न सकिनेछ । त्यस्ता साधारण सदस्यले रु. ५०० तिरी वार्षिकरुपमा आश्विन मसान्तभित्र नविकरण गराई सक्नुपर्ने छ ।
(ख) आजिवन सदस्य लिन चाहने सदस्यले रु. १०,०००।– (दशहजार) र तोकिएको प्रकृया पुर्याई आवेदन पेश गर्नेलाई कार्य समितिको निर्णयले सदस्यता प्रदान गर्न सकिन्छ । त्यस्ता आजिवन सदस्यले सदस्यता नविकरण गराउनु पर्ने छैन ।
(ग) मानार्थ सदस्यः– साधारण सभाको निर्णयले उपयुक्त ठानेको समाजसेवी, विशिष्ठ व्यक्ति तथा प्रतिष्ठित नेपाली नागरिकहरुलाई मानार्थ सदस्यता प्रदान गर्न सकिनेछ तर मानार्थ सदस्यको मताधिकार हुने छैन । मानार्थ सदस्यहरुले पनि विधान र संस्थाले बनाएको नियम पालना गर्नु पर्ने छ ।
संस्थाले प्रदान गरेको छुट्टै अभिलेख पुस्तिका राखिनेछ ।
साधारण सभाको गठन
१. संस्थाको विधानको दफा ७ वमोजिमका साधारण र आजिवन सदस्यहरुबाट साधारण सभा गठन हुनेछ । तर मानार्थ सदस्यहरु आमन्त्रित हुनेछन् । मानार्थ सदस्यहरुलाई मताधिकार प्राप्त हुने छैन ।
२. साधारण समा संस्थाको सर्वोच्च अंग हुनेछ ।
३. वार्षिक साधारण सभा वर्षमा १ पटक बस्ने छ ।
४. विशेष साधारण सभा १÷४ सदस्यहरुले कारण जनाई माग गरेमा कार्य समितिले १५ दिन भित्र अनिवार्य बोलाउनु पर्नेछ । विशेष साधारणसभा वा साधारण सभा बसेको ६ महिना मित्र पुन बस्न सक्ने छैन ।
५. वार्षिक साधारणसभा गर्नका लागि १५ दिन अगावै सभा हुने स्थान, मिति, समय र छलफल गर्ने विषय खोली सबै साधारण र आजिवन सदस्यहरुलाई अनिवार्य रुपमा सूचना दिइने छ । साधारण सभामा कुल सदस्य संख्याको ६० प्रतिशत प्रतिनिधित्व नभै साधारण सभाको काम कारवाही हुने छैन । गणपुरक संख्या नपुगि पुनः बसेको साधारण सभामा भने ५१ प्रतिशतको प्रतिनिधित्व हुनु पर्ने छ ।
६. साधारण सभाको काम कर्तव्य र अधिकार –
- कार्य समितिले पेस गरेको योजना कार्यक्रम र बजेट पारित गर्ने
- लेखापरीक्षकबाट प्राप्त प्रतिवेदन उपर छलफल गरि पारित गर्ने र लेखापरीक्षकबाट देखाइएका वेरुजु नियमित असुलउपर फछ्र्यौट गर्ने
- संस्थाको वार्षिक कार्य प्रगति प्रतिवेदन उपर छलफल मूल्यांकन गरी कार्य समितिलाई आवश्यक निर्देशन दिने ।
- आगामी वर्षका लागि लेखापरीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने ।
- कार्य समितिको विधान बमोजिम निर्वाचन गर्ने
- कार्य समितिले प्रस्तुत गरेको विधान संशोधन मसौदा पारित गर्ने ।
- कार्य समितिले संस्थाको हित अनुकुल गरेका कार्यहरु अनुमोदन गर्ने
- संस्थाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी कर्मचारीको दरबन्दी तलव सुविधा स्वीकृत गर्ने ।
कार्य समितिमा रहने पदाधिकारीहरु
- अध्यक्ष १
- उपाध्यक्ष १
- महासचिव १
- कोषाध्यक्ष १
- सदस्य ३
- कार्यकाल २ वर्ष
- संस्थाको खाता संचालन अध्यक्ष, महासचिव मध्ये १, कोषाध्यक्ष १ अनिवार्य ।
संस्थाको कोष
१. सेवामा उपस्थित भएकाहरुले दिएको स्वेच्छिक भेटि
२. संस्थाको चल अचल सम्पत्ती विक्रीबाट प्राप्त रकम
३. स्थानिय निकाय वा सेवामा उपस्थित सदस्यहरुबाट प्राप्त अनुदान वा सहयोग प्राप्त रकम
४. कार्यक्रम संचालनका लागि प्राप्त रकम
अतः यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हो । यसका सबै कृयाकाप पारदर्शि, विधि सम्मत, प्रजातांत्रिक मूल्य र मान्यता अनुरूप देश र समाजको कल्याणको लागि चलेको छ र चल्दछ । मूख्य रुपमा समुन्नत जनजिविका र भ्रष्टाचारमुक्त सम्वृद्ध नेपाल निर्माणका कार्यमा योगदान पु¥याउँदै भ्रष्टाचार नियन्त्रण र निर्मूल पार्न विभिन्न माध्यमबाट नागरिकलाई सूसूचित सचेतना पु¥याउने कार्य गर्दै आएको छ र गर्नेछ ।
नेपाल कसैको पराधिनमा नरहेको, विधि, पद्धती तथा ईमान, धर्म, नैतिकता, असल चरित्र, भएका शासकद्वारा शासित मुलुक हो । संसारको वैधानिक कानून आजभन्दा ६५० वर्ष अघि राजा जयस्थिति मल्लका पालामा निर्मित मानव न्याय शास्त्र जस्मा “ जस्को पाप उस्को गर्दन ” भन्ने व्यवस्था थियो भने कार्यान्वयन पनि निष्पक्ष रुपमा हुन्थ्यो ।
आधुनिक नेपालको कुरा गर्दा आजभन्दा ३०२ वर्ष पहिले श्री ५ बडामहाराज पृथ्वी नारायण शाहले नेपालको एकिकरण मात्र गरेनन् देशको आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक सांस्कृतिक सबै क्षेत्रको थिति बसालेका थिए । भ्रष्टाचारको कुरा गर्दा
मेरा सारा दुखले आज्र्याको मुलुक होइन । सबै जातको पूmलबारी हो ।
निञानिसाफ बिगा¥र्या भन्याको घुस दिन्या र घुस षान्या ईन दुईको ता धन जीब गरि लियाको पनि पाप छैन ।
सिपाहि भन्याको तिषारि राख्नु । तिषारी राख्याका सिपाहि कसैको मलाजामा पस्दैनन् ।
नेपाल भन्याको असली हिन्दुस्थाना रहेछ आफ्ना कुल धर्म नछाडनु ।
त्यस्तै जनताको धुरीबाट धुंवा नआई खाना नखाने राजा महेन्द्र मल्ल थिए भने नियाँ निसाफ हराए गोरखा जानु भन्ने राजा राम शाह थिए ।
लामो शासनकाललाई बिष्लेशण गर्दा नेपालका राजाहरुले कहिल्यै पनि देशको स्वाधिनतामा खेलवाड गरेनन् । बिदेशि गुप्तचरको रकममा डुबुल्की मारेनन् । तर २००७ साल देखी आज सम्म भने राजनीति गर्नेहरुले जनताको हितको लागी केही पनी माखो मारेनन् । साच्चै भन्ने हो भने त्यस यता देशघात, भ्रष्टाचार गर्नुमा नै यो देशका शासकहरुको चिनारी रहन गयो । हाल सम्म देशमा कहिं कतै नबिकेका चरित्रहीन, भ्रष्ट, हत्यारा, देशघाती र मतियारहरुको कब्जामा मात्र मुलुक रह्यो । २०६५ साल तिरबाटै अधिवक्ता भिमार्जुन आचार्य भन्नु हुन्थ्यो ०४६ साल देखी आज सम्म यो देशमा बिभिन्न पार्टीका ३० लाख झोले कार्याकर्ताले देश ध्वस्त पारे । तर २०८० सालमा आईपुग्दा १५ लाख पुगेको छ । तिनै देशघाती गुण्डाको भरमा शासन लम्ब्याउने काम भएको छ । नेपालको राजनीतिक ईतिहासको समिक्षा गर्दा अहिले हामी ६५० वर्ष अघि जत्तिको पनी छैनौं ।
२० सौं हजारको हत्या गरेर लाखौंलाई अंङ्गभङ्ग र घरवार बिहिन पारेर स्थापना गरिएको व्यबस्था र विदेशी गुप्तचर र आईएनजिओको वलमा ८ वर्ष लगाएर बनाएको नेपालको संविधानको देखाउनको लागी धारा २ ले नेपाली जनतालाई सर्वभौमसत्ता सम्पन्न भन्यो । धारा ५ मा राष्ट्रहितका कुरा ग¥यो । धारा ५१ ले राज्यका नीतिका कुरा ग¥यो । धारा ५२ ले राज्यका दायीत्वका कुरा ग¥यो तर धारा ५५ नीति उपर कुनै अदालतमा प्रश्न उठाउन पाईने छैन । धारा ८२ नेपालको संघिय सरकारको काम उपर प्रश्न उठाउन पाईने छैन भन्यो त्यस्तै धारा १७४ प्रदेश सरकारले गरेको काम उपर प्रश्न उठाउन पाईने छैन भन्यो ।
त्यस्तै शक्ति शन्तुलनका अंङ्गलाई दलका झोले र पङ्गगु बनाउन धारा १५३ न्याय परिषदको ब्यवस्था, धारा २८४ संवैधानीक परिषद सम्बन्धी ब्यवस्था छ जस्मा दलीय भागबण्डाको आधारमा नियुक्ति गर्ने परंपरा नै बन्यो । धारा २३९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कर्तब्य र अधिकारको प्रतिवन्धात्मक वाक्यांशमा तर यस संविधानमा छुट्टै ब्यवस्था भएको पदाधिकारी र अन्य कानुनले छुट्टै विशेष ब्यवस्था गरेको पदाधिकारीको हकमा यो उपधारा लागु हुने छैन भन्ने ब्यवस्थाले भ्रष्टाचार गर्न सक्ने पदाधिकारी उपर पदमा बहाल रहंदा सम्म कुनै कारवाही हुंदैन ।
देशमा यत्रतत्र सर्वत्र भ्रष्टाचार ब्याप्त छ । यस्को अन्त्यका लागी वर्तमान कानुनले काम गर्न सक्दैन भने यो संविधान नै बाधक छ । सभ्य र चेतनशिल विधि मान्ने नागरीकले प्रचलित कानून खारेज वा संसोधन नगरे सम्म मान्नु पर्ने बाध्यात्मक ब्यवस्ता छ । नेपालमा जसरी अरु ७ वटा संविधान परिवर्तन भए यो पनी परिवर्तन हुनु पर्दछ । परिवर्तित ब्यवस्थामा वर्तमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सट्टा एक शक्तिसाली नागरिक आयोगको ब्यवस्था गर्नु आवश्यक छ भन्ने कुरा भ्रष्टाचार विरुद्ध नेपालले “ नागरिक आयोग सम्बन्धि अवधारणा ” सम्बन्धि विश्लेषणात्मक पुस्तिका प्रकाशित गरिएको छ । सो पुस्तिकामा नागरिक आयोग नै किन ? नागरिक आयोग कस्तो हुनु पर्छ ? बँुदागत रुपमा यस्मा समावेश गर्नु पर्ने बँदाहरु, नेपाल नागरिक आयोग किन ? यस्का मुख्य उद्धेश्य, अन्तिम लक्ष्य तथा नेपाल नागरिक आयोगको प्रश्तावित मस्यौदा तयार गरि जनसमक्ष ल्याएका छौ ।
देशमा ब्याप्त रुपले जरा गाडेको शुषुप्त, नियोजित, सहभागितामूलक, नीतिगत, निर्देशनात्मक, आपराधिक, कृयाशिल तथा बिविध प्रकारका भ्रष्टाचार अन्त्यका लागि सार्वजनिक आचार संहिताको आवश्यकता छ ।
आचार संहिताका ३ वटा सिद्धान्त यी हुनुपर्दछ —
पहिलो सिद्धान्त – सार्वजनिक पद धारणा गर्नेले आफुले सम्पादन गर्ने कामहरु पारदर्शी, विधिसम्मत, ईमान्दारीपूर्वक ब्यवसायीक आचार संहिता पालना गर्नु पर्दछ ।
दोस्रो सिद्धान्त – सार्वजनिक पदमा बस्नेले आफूले सम्पादन गर्ने कार्यहरु ईमान्दारिता, वफादारिता, शिघ्रताका साथ, सम्मानर्पूक सम्पादन गर्नुपर्ने छ । नागरिकको काम, कर्तव्य र अधिकारको ख्याल गर्ने र सबैसहयात्री समेतको समन्वयात्मक रुपमा सम्पादन गर्नुपर्ने छ ।
तेस्रो सिद्धान्त – सार्वजनिक पद धारणा गर्नेले सम्पादन गरिने काममा व्यक्तिगत लाभहानीका कुरा, व्यक्तिगत स्वार्थका कुरा देखिनु हुदैन ।
अतः राजनीति सेवा मुलक हुनुपर्नेमा व्यवसायी लाभदायक बनाईयो जवकी राजनीति तत्थष्ठता, अवैतनिक, सरकारको नीतिको सार्वजनिक जवाफदेहीता, ब्यक्तिगत प्रतिवद्धता, व्यवस्थाभित्र व्यवस्थापिका र कार्यपालिकाका मन्त्रीहरु समन्वय र अन्तर सम्बन्ध राजनीतिगत सहभागिता, सार्वजनिक तथा समाजसेवी संगठनको सहभागिता, संसदको भूमिका, गोप्यता कायम गर्ने कानूनको पूर्ण पालना गर्ने र यी भ्रष्ट, हत्यारा, देशघाती र मतियारले निम्त्याएका परिणामले २०६४ सालमा सुशासन व्यवस्थापन तथा संचालन ऐन बन्यो । यो ऐनमा सरकारी कार्य संचालन गर्दा अपनाउनु पर्ने विधि प्रकृया सार्वजकि पदधारण गर्नेको काम, कर्तव्य र अधिकारको प्रष्ट व्यवस्था छ तर उच्च पदमा बस्ने सधै आफूलाई कानून माथि मानेर कानूनको व्यापक दुरुपोग गर्ने गरेका छन् यस्को अन्त्य गर्नका लागि अब सार्वभौम सत्ता सम्पन्न देशभक्त नागरिकले देश र नागरिकको अस्तित्व समाप्त गर्ने यो संविधानको खारेजी, अपराधको मात्रा हेरि भ्रष्टको सम्पती जफत, सर्वश्वहरण, जन्मकैद देखि मृत्युदण्डसम्मको व्यवस्था गर्नु पर्छ भने राष्ट्राध्यक्ष देखि तल्लो तहको नागरिक सम्म दण्ड र पुरस्कारको समान व्यवस्था आजको आवश्यकता छ । अब यी भ्रष्ट हत्यारा देशघाती र मतियारहरुलाई पाल्न आमनागरिकले कर तिर्ने बारेमा सोच्न बाध्य हुनु पर्दछ ।
हाम्रो सान्दर्भिक बिषयबस्तु
अरु बिषयबस्तु हरु हेर्नका लागि
हामीसँग जोदिन यस फर्म्, सदस्यता फर्म भर्नु होला
भ्रष्टाचार विरुद्ध नेपालको विज्ञप्ती भाग २
व्यापक जनदवाव पछि भ्रष्टाचार मुद्दामा हृदम्याद सरकारले नै फिर्तालिने सरकारको कार्य सरकार पानी माथिको ओभानो भएको छ। नेपालमा भ्रष्टाचार सिंहदरबारको मूल ढोकामा बन्दुक बोकेर पहरा दिइरहेको सिपाहीवाट होइन उपल्लो कुर्सीमा बस्ने ठालु मुखियाहरूवाट भएको छ। शक्तिसन्तुलनका अंगहरु जस्ले संचालन गर्छन तिनै भ्रष्टाचारका श्रोत हुन्। भ्रष्टाचार निवारण ऐन २०५९ ले कारवाहि गर्नेत निपछरा तल्लो तहका कर्मचारीलाई मात्र गर्ने गरेको छ । संवैधानिक निकाय र न्यायलयमा उपल्लो जनशक्तिको व्यवस्था गर्ने संवैधानिक परिषद, न्यायपरिषद जस्को व्यवस्थामा दलिय भागवण्डा र लिनदेनका आधारमा नियुक्ति हुन्छ । यो व्यवस्था आख्तियार दुरुपयोग अनुसन्धान आयोगको धारा २३९ तथा संघिय सरकार र प्रदेश सरकारको कार्य संचालन धारा ८२ र १७४ नै भ्रष्टाचारका मुल श्रोत हुन् । यी संवैधानिक व्यवस्था खारेज र आख्तियार दुरुपयोग अनुसन्धान आयोगको खारेजी र तथष्ठ स्वतंत्र देशभक्त इमान्दार व्यक्तिहरूको संलग्नतामा शक्तीशाली नागरिक आयोगको व्यवस्था कडा कानुन अपराधको मात्रा अनुसार भ्रष्टाचारीको सर्वश्वहरण सश्रम जम्मकैद, मृत्यूदण्ड सम्मको व्यवस्था नम्रै यो देशमा भ्रष्टाचार नियन्त्रण हुन सक्तैन। त्यसैले देश नागरिक विधि बचाउन भ्रष्टाचार नियन्त्रण गर्न कडा कानुनको व्यवस्था गर्न आमनागरिकलाई व्यापक जनदवाव श्रृजना गर्न हार्दिक अपिल गर्दछौ ।
भ्रष्टाचार विरुद्ध नेपाल !!!